टिजर र पोष्टर सार्वजनिक

ko-aafno-teaserकाठमाडौं । फिल्म ‘को आफ्नो’को अफिसियल टिजर र पोष्टर सार्वजनिक गरिएको छ ।

आगामी फागुन ७ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्रको सार्वजनिक टिजर र पोष्टरमा ऋचा शर्मा, संशाक मैनाली, सुवास थापा, मेनुका प्रधान, सुदाम सिके, राजन खतिवडा, शान्ति गिरी, सुलक्षण भारती लगायतका कलाकारहरु देखिएका छन् । नायिका ऋचा शर्मालाई बिल्कुलै फरक भुमिकामा देखाएको फिल्मको टिजरमा नारायण गोपालको ‘मान्छेको माया यहाँ’ बोलको गीतको पृष्ठभुमिमा कलाकारहरुको परिचय दिइएको छ ।

फिल्मको टिजरमा मानिसले गर्ने विभिन्न क्रियाकलालाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको फिल्म निर्माण पक्षले जनाएको छ । अनिल थापाको लेखन र निर्देशनमा तयार भएको फिल्म ‘को आफ्नो’लाई ड्रामा र थ्रिलर भनिएको छ । (सौस)

प्रतिक्रिया