फाल्गुनन्दको जन्मजयन्ती मनाइने

इलाम, १९ कात्तिक । राष्ट्रिय विभूती फाल्गुनन्द लिङ्देनको १३१ औं जन्म जयन्ती कार्यक्रमको तयारी पुरा भएको छ । आगामी २५ कात्तिकमा नेपालका विभिन्न जिल्ला र विदेशमा समेत मनाइने जयन्तीको तयारी पुरा भएको किरात धर्म तथा साहित्य उत्थान संघले जनाएको छ ।

नेपालमा मनाइने जयन्तीमा राष्ट्रको विशिष्ठ व्यक्तिको उपस्थिती रहने बताइएको छ । कार्यक्रमको अवसरमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङ्मा सा“वा (लिङ्देन) विभिन्न स्थानमा पुग्ने छन् । जन्म जयन्तीको दिन धर्मगुरु र गुरुआमा मोरङको लेटाङ, वाराङगी, पाटी, झापाको शान्तिनगर, पा“चथरको रविवजार र इलामको इभाङ चुक्चिनाम्बामा पुग्ने कार्यक्रम रहेको किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले जानकारी दिए ।

लिङ्देनको देहावसान वि.स. २००५ सालमा भएको थियो । लिङ्देनको जन्म जयन्ती कार्यक्रम इलाम, पा“चथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, संखुवासभा, उदयपुर, काठमाण्डौ, कास्की लगायत जिल्लामा तयारी पुरा भएको छ । भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायत विभिन्न प्रान्तमा पनि कार्यक्रमको आयोजना गरिएको छ । यस्तै वर्मा, भुटान, हङकङ, मलेसिया, साउदी अरब, कतार, बहराइन, अस्टेलिया, अमेरिका, बेलायत, जापान, कोरिया लगायतका मुलुकमा जन्मजयन्ती मनाइने संघले जनाएको छ ।

प्रतिक्रिया