बाजुरा, १९ कात्तिक । द्वन्द्वकालमा तत्कालिन माओवादी विद्रोहका समय भत्काइएको विद्युत् निर्माण हुन नसक्दा बाजुरा जुकोट सर्वसाधरण मारमा परेका छन् । ०५८ सालमा स्थानीय स्तरमा बालिएको २० वाट क्षमताको विद्युत् विद्रोहीहरूले भत्काएपछि त्यहाँका नगरिक अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
स्थानीयको पहलमा ०४७ सालबाट निर्माण कार्य सुरुगरि बालिएको बत्ती भत्काएपछि हालसम्म पुनःनिर्माण हसन नसक्दा सर्वसाधरणलाई सास्ती भएको हो । भत्काइएको १४ वर्ष भईसक्दा समेत निर्माणकालागी कसैको चासो नपुग्द मारमा परेको स्थानीयको गुनासो रहेको छ । त्यसबेला भत्काउने माओवादीको त कुरा छाडौं अन्यले समेत निर्माणमा चासो नदेखाएको उनिहरूको गुनासो छ ।
पावर हाउसमा क्षति पु¥याएर तत्कालिन माओवादीले जुकोटवासी माथी अन्याय गरेको स्थानीय उमेशबहादुर शाहीले बताए । उनले तत्कालिन माओवादी पार्टीले आफ्नो सत्ता आएपछि सबै पुनःनिर्माण गरिने सपना बाँडेको भएपनि पटकपटक सरकारमा जाँदा समेत चासो नदेखाएको उनको भनाई छ ।
सरकारले संचालन गरेको कर्णाली उज्यालो कार्यक्रममा समेत सोही बत्तिका कारण सेवालिन नपाएको उनीहरूले गुनासो गरेका छन् । उनले भने, ‘जुकोटका ठाउँमा नत बत्तीको सम्भावना छ नत अरू सुबिधानै पाउने सकिन्छ । जुकोट गाबिसका जनता लाई राज्यले समेत सौतेनि ब्यबहार गरिरहेको छ ।’ बत्ति नहुँदा यहाँका बालबालिकाले टुकीको साहारामा पढ्नु परेकाले पढाई समेत विग्रने गरेको उनीहरूको भनाइ रहेको छ ।
विद्युत् जडान गरिएको ठाउँमा अहिले नहर र पाईप बाहेक अरू केही पनि नभएको भन्दै ठाउँ ठाउँमा गाडीएका पोल समेत ढलिसकेको र त्यहाँ भएको तार समेत हराईसकेको उनीहरूले बताएका छन् । स्थानिय दल शाहीेका अनुसार माओवादीहरूले आफ्नो पार्टीको सरकार आएको एक महिना भित्र सबै बनाई दिने बाचा गरेका थिए ।
त्यो बेला राज्यसँगको लडाइ लडिरहेको माओवादी अहिले सत्तामा छ । यसबेला केही आवश्यक पहल गरिदिए धेरै नागरिकले सुख पाउने स्थानिय नरजङ्ग शाहीले बताए । उनले भने, ‘ गाउँमा बत्ती छैन । छोरा छोरीलाई पढ्न समेत गाह्रो भएको छ ।
यहि बेला सरकारले कही गरिदिए कल्याण हुने थियो ।’ बत्तिको विकल्पमा मट्टीतेल बाल्दै गरेका सर्वसाधरणले मट्टितेल समेत अछामको साँफेबगर बाट लयाउनु पर्छ । अघोषित नाकाबन्दीका कारण मट्टितेल समेत पाउन छाडिएको उनीहरूले गुनासो गरेका छन् । हाल एकसय ४० रूपैयाँ का दरले प्रतिलिटर मट्टितेल किन्ने गरेको उनीहरूले बताएका छन् ।
प्रतिक्रिया