पाँचथर १९ कात्तिक । जिल्ला पशु सेवा कार्यालय पाँचथरले उन्नत जात जई घाँसको बीउ वितरण गरेको छ । स्थानीय कृषकहरूलाई निशुःल्क बितरण गरीने घाँसको बीउ २५ हेक्टर जमिनका लागि वितरण गरिएको पशु सेवा कार्यालय प्रमूख डा. मोगल प्रसाद शाहले जानकारी दिएका छन् ।
उनका अनूसार सरकारले २ लाख २० हजारको उन्नत जातको घाँस जई र भेज घाँसको बीउखरिद गरी बितरण गरिएको हो । दुइहजार पाँचस किलो घाँसको बिउ कृषकको माग अनूसार बिरण भएको उनले बताए । प्रतिव्यक्ति कृषकलाई पाँच केजी देखि खेतको क्षेत्रफलको आधारमा बीउ बितरण गरीएको हो । पशूसेवा केन्द्र अन्र्तगत साना कृषक र पशु संख्याको आधारमा बिउ बितरण गरीदै आएको कार्यलयले जनाएको छ ।
तराईमा भइरहेको बन्दका कारण भेज जातको घाँसको बीउ भने आउन बाँकी रहेको डा शाहले बताए । उनका अनूसार बजारमा जईघाँँँँसको मुल्य केजिको ५० रूपैया पर्दछ । पशुकालागी अति राम्रो पोषिलो मानिएको यो खासगरी दूधदिने पशुहरूका लागी उपयुक्र्त मानिन्छ ।
प्रतिक्रिया