कालोबजारी रोक्न पहल

kabre ko picकाभ्रे, १८ कात्तिक । काभ्रेमा कालोबजारी भएको व्यापक गुनासो आएपछि स्थानिय प्रशासन र काभ्रे उद्योग वाणिज्य संघले एक अन्र्तक्रिया कार्यक्रम गरेको छ । करिब दुई महिना यता भइरहेको नाकाबन्दीमा समान लुकाएर सर्वसाधरणलाई चर्को मुल्य समाना बिक्री भइरहेको गुनासो पछि अन्र्तकृया गरिएको हो ।

नाकाबन्दी तथा तराई आन्दोलनले खाद्यान्न, इन्धन लगायतका दैनिक उपभोग्य वस्तुहरू अभाव हुन थालेपछि काभ्रे उद्योग बाणीज्य सङघले सहजीकरणको लागि भन्दै अन्तक्रिया कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा उपभोग्य तथा औषधिजन्य सामाग्रीहरूमा देखिएका समस्याहरूबाट विचलित नभई आपसमा मिलेर सामना  गर्नु पर्ने धारणा आएको थियो । यसका लागि सम्पूर्ण निकायहरूलाई साथ र सहयोगकालागि अपिल समेत गरिएको छ । अन्र्तक्रिया पछि विज्ञप्ती जारी गर्दै काभ्रे उद्योग वाणिज्य संघले वर्तमानमा देखिएको जटिलतालाई सबैले मिलेर  हल गर्नुपर्ने बताएको छ ।

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यले काभ्रे आएको दुई हजार सिलिन्डर काठमाडांै सम्म पु¥याएको बताएका छन् । सो ग्याँस अति आवश्यक स्थानहरूमा वितरण गरिएको समेत उनले जानएका छन् । केही दिन अघि मात्रै काभ्रे प्रसासनको मिलेमतोमा सो परिमाणका सिलिन्डर काठमाडांै लगीएको थियो । काभ्रे स्थित पेट्रोल पम्पमा रहेको स्टक रहेको भनिएको ४३०० लिटर प्रेट्रोल गायब भएपछि कालोबजारी भएको भन्दै स्थानीयले गुनासो गरेका थिए । कार्यक्रममा प्रशासनले स्टक राखेको प्रट्रोलियम पदार्थ पम्प सञ्चालकले आफन्त र साथी भाईलाई बाँडको पेट्रोल पम्पवालाले स्विकारेका छन् । जिल्ला प्रशासन कार्यालयले अनुगमन नगरेका कारण कालोबजारी बढिरहेको राजनीतिक दलका नेताहरूले बताए ।

यता प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सुचना दिने व्यक्तिहरूले  गैरजिम्मेवार भएर कुरा गरेको भन्दै काभ्रेमा रहेका  पत्रकारहरू सँग गुनासो गरेका छन् । कार्यक्रममा चर्काचर्की परेपछि प्रजिअ भुजेलले तत्कालै अनुगमन र छानविन गरी तत्कालै त्यस्ता शंकास्पद स्थानहरूमा छापा मार्ने र कालोबजारी गर्नेहरू विरुद्ध कारबाही गर्ने बताएका छन् । उनले आफूहरूको सहयोग हर क्षण रहने र कुनै सप्रमाणका तथ्यहरू आएको खण्डमा त्यसलाई कुनै हालतमा पनि कारबाहीको दाएरामा ल्याउन निर्देशन समेत दिएका छन् । कार्यक्रममा बोल्दै उनले आफूहरू जस्तो सुकै अबस्थामा पनि विचलित नहुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया