मुम्वई । बलिउड दिभा माधुरी दिक्षीतले बलिउड ब्लकवस्टर फिल्म ‘बाहुवली’ को सिक्वेल ‘बाहुवली २’ मा मुख्य भुमिकामा अभिनय गर्ने लगभग पक्का भएको छ ।
फिल्मका निर्माता एसएस राजमौलीले माधुरीलाई लिन पक्कापक्की भएपनि उनलाई लिइनसके उनलाई फिल्मको मुख्य भुमिकामा लिनेबारे सकरात्मक देखिएका छन् ।
सन् २०१६ मा रिलिज गर्ने तयारीमा रहेको बाहुवली २ को कथा अमरेन्द्र बाहुवली र महारानी देवासेनाको कथामा नै आधारित हुने निर्माण पक्षले जनाएको छ । बाहुवली २ म खेल्ने पक्का भए माधुरीले अनुष सेट्टीको बहिनीको भुमिकामा अभिनय गर्नेछन् । बाहुवली २ पछि फिल्म निर्माण पक्षले बाहुवली ३ बनाउने पनि घोषणा गरिसकेको छ । १५० करोडमा निर्माण भएको बाहुवलीले ६०० करोड भन्दा बढी कमाएर विश्वमा सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको थियो । (एजेन्सी)
प्रतिक्रिया