काठमाडौं । नेपालको सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो, मिस नेपाल । २० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताको विजयी हुने एक सुन्दरीले आफ्नो भाग्य चम्काउँछिन् । करिव एकवर्ष चर्चा खुबै हुन्छ । तर, अर्काे संस्करणको मिस नेपाल भएपछि उनीहरू त्यसै हराउने गरेको अनुभव हामी माझ छ ।
मिस नेपाल भएवापत विभिन्न सामाजिक कार्यका लागि भन्दै आयोजकले नै उनीहरूलाई एकवर्षका सद्भावना दुत नियुक्त गरेपनि अधिकांश मिस नेपालका विजेताहरूले समाजका लागि उल्लेखनिय योगदान गरेको देखिदैन । धेरै मिस नेपालको रोजाइमा त म्यूजिक भिडियो वा फिल्म नै बनेको छ ।
पहिलो मिस नेपाल झरना बज्रचार्यदेखि पछिल्लो मिस नेपाल सृष्टि श्रेष्ठको रोजाई पनि म्यूजिक भिडियो वा फिल्म नै बनेको छ । रुवी राणा, झरना बज्राचार्य, उषा खड्कालगायतका पूर्व मिस नेपामल यही क्षेत्रमा संलग्न छन् । कोही बुटिक क्षेत्रमा छन् त कोही फिल्ममा । यतिबेला, पूर्व मिस नेपाल सृष्टिी श्रेष्ठलाई एक फिल्मका लागि राम्रो पारिश्रमिक दिएको चर्चा छ । रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘गाजलु’मा सृष्टिले महँगो पारिश्रमिक लिएको चर्चाले नेपाली फिल्मी बजार गर्मिएको छ । नेपाली फिल्मका लागि मिस नेपाल खासै नफापिरहेको अवस्थामा अर्की मिस नेपाल सृष्टिमाथिको महँगो लगानी निर्माता रोहितका लागि के सही होला, यसको पनि चर्चा चलेको छ ।
नेपाली फिल्ममा क्रेज भएका कलाकारहरूलाई मुख्य भुमिका दिएर खेलाउदा त लगानी उठ्न गाह्रो भईरहेको अवस्थामा फिलमले लगानी उठाउन सक्ला त ?
फिल्म ‘लजालु’का लागि नायिकामा सृष्टि श्रेष्ठ पक्का भइसकेपनि अन्य कलाकारहरूको छनोट भइसकेको छैन । (सौस)
प्रतिक्रिया