औषधी नआउँदा विरामीलाई मर्का

काठमाडौं १७ कात्तिक । भारतबाट आयत हुने अत्यावश्यक औषधीहरू नाका बन्दीका कारण नेपाल भित्रन नसक्दा बिरामीहरूलाई मर्का पर्न थालेको छ । नेपालकै तराई क्षेत्रका केही औषधी कम्पनीहरूमा उत्पादन हुने औषधीहरू पनि लामो समयको तराई बन्दका कारण ढुवानी गर्न सकिएको छैन भने अस्पतालहरूका लागि चाहिने केमिकल, र अक्सिजनको समेत अभाव हुन थालेको छ । २४ सै घण्टा खुल्ला रहने स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा अत्यावश्यक औषधिहरूको अभावले स्वास्थ्य क्षेत्र नराम्रोसँग प्रभावित हुन पुगेको हो ।

दैनिक सयौं बिरामी उपचारको लागि आउने काठमाडौंको कान्ति बाल अस्पतालमा औषधिलगायत उपचारको लागि अत्यावश्यक समानहरू समयमानै नआउँदा बिरामीहरूलाई सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको कान्तिबाल अस्पतालका प्रसाशन प्रमुख टिकाराम ढकाल बताउँछन् । उनी भन्छन् ‘नेपालको एक मात्र सरकारी बाल अस्पतालमा दिनमा सयौं बालबालिकाहरू उपचारको लागि आउने गर्छन् । तर, अहिले  अस्पातलमा उपचारको लागि आवश्यक पर्ने वस्तुहरू ढुवानीको कारण समयमा आउन नसक्दा विरामीहरूलाई सेवा प्रदान गर्न मुस्किल भएको  ढकालको भनाई छ ।  यता अस्पतालमा सञ्चालन हुँदै आइरहेको क्यान्टिन समानसमेत ग्यासको अभावले गर्दा क्यान्टिन सञ्चालन गर्न अप्ठारो भएको उनले बताए ।

लामो समयदेखि काठमाडौंमा औषधि व्यवसाय गर्दै आहिरहेका रुकु काफ्ले  पनि  भारतले गरेको अघोषित नाकाबन्दीका कारण भारतबाट आयत गरिने औषधिहरू आउन नसक्दा र नेपाल भित्रैबाट उपत्यकामा आयात हुने औषधि ढुवानीका कारण ल्याउन नसकेकाले औषधीको अभाव भएको बताउँदछिन् । उनले भने ‘अहिले बजारमा नसा, हाडजोर्नीलगायतका औषधीहरू अन्य रोगको औषधिको तुलनामा अभाव भएको छ ।’

प्रतिक्रिया