तिहारमा फूलको अभाव हुने

काठमाडौं, १६ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीको कारण अन्य क्षेत्रमा परेको प्रभावजस्तै यस बर्षको तिहारमा पनि देखिने भएको छ । तिहार नजिकिदै जाँदा बजारमा फूलको अभाव हुन थालेको छ । विगत लामो समयको नाकाबन्दीका कारण बजारमा फूल आउन नसक्दा अभाव हुने भएकोे व्यसायिहरु बताउँछन् ।

हिन्दूहरुको दोस्रो महान चाड तिहारमा फूलको माग अत्याधिक हुने गर्छ । काठमाडौं उपत्यकामा मात्र तिहारको बेलामा बर्र्सेनी साढे दुई करोड बराबरको फूलको कारोबार हुने गर्छ । यस पटक भने फूलको व्यापारमा कमि हुने विगत पाँच बर्षदेखि काठमाडांैमा फूलको व्यपार गर्दै आएकी इन्दिरा लामा बताउँछिन् । गत बर्ष ५०÷६० रुपियाँमा बेच्ने मालालाई यस पटक दुई सय ५० मा बेच्नु पर्ने बाध्यता भएको लामाले बताइन् । इन्धनको अभावले गर्दा उपत्यका बाहिरबाट फूलको आयत नभएको र काठमाडांै उपत्यकामा मात्र उत्पादन हुने फूलले ग्रहकहरुको मागलाई थाम्न नसक्नेहुँदा फूलको मुल्य बढ्ने मात्र होइन फूलकै अभाव हुने लामाको भनाई छ ।

यस्तै फूलको व्यपार गर्दै आएका अर्का व्यवसायी भैरव गौतम पनि यस पटक तिहार लाग्न लाग्दा समेत बजारमा फूलको अभाव भएको बताउँछन् । थोरै उपलब्ध फूल पनि धेरै मूल्यमा बिक्री गर्न आफुहरु बाध्ये भएको गौतमको भनाई छ । तिहारको बेलामा अन्य सिजनमा भन्दा मखमली र सयपत्री फूलको माग धेरै हुने भए पनि बजारमा यी फूलहरु आयत हुन नसक्दा यस्तै अवस्थामा यसपटको तिहारमा एउटै फूलको माला लगाई आफुहरु दुई सय ५० देखि तीन सयसम्म बेच्नु पर्ने बाध्यता हुने गौतम बताउछन् ।

अन्य समय भन्दा तिहारको समयमा फूलको माग काठमाडौं उपत्यकामा धेरै हुने भए पनि भारतीय नाकाबन्दीका कारण बर्र्सेेनी तिहारको बेलामा भारतबाट आउने फूल आउन नसक्दा र नेपाल भित्रैको फूल पनि उपत्यका भित्रन नसक्दा यस पटकको तिहारमा फूलको अभाव हुनका साथै ग्राहकले महँगोमा किन्नु पर्ने बाध्यता हुने व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया