काभ्रे, १६ कात्तिक । भारतले गरेको नाकाबन्दी र तराईको आन्दोलनको कारणले करिब साढे एक महिनादेखिको ग्याँस हाहाकार पछि सोमवार आधा सिलिन्डर ग्याँस वितरण गरिएपछि स्थानीय र सर्वसाधारणमा राहत महसुस भएको छ । काभ्रेमा रहेका चार वटा ग्याँस डिपोहरुबाटै सो ग्याँस वितरण गरिएपछि उपभोक्ताहरु विहान चार बजेदेखि लाईनमा बसेका थिए । चार ग्याँस डिपोहरुमध्ये सगरमाथा, चण्डी र हिमाल गरी तीन डिपोहरुमा करिव दश हजार आधा भरिएको ग्याँस वितरण गरेको लागेको डिपो सञ्चाकहरुले बताएका छन् ।
यता, सिधैं डिपोहरुले वितरण गरेको भन्दै व्यवसायीले भने असन्तुष्टी पोखेका छन् । उनीहरुले उपभोक्तालाई आवत जावतदेखि विभिन्न कुरामा समस्या भएकोे पनि बताएका छन् ।
बनेपामा भाडामा बस्नेहरुले भने सात घण्टा लाईन बस्दा पनि पालो नपाएको गुनासो गरेका छन् । काभ्रेमा ग्यास वितरण हुँदै छ भन्ने सूचना पाएसँगै उपभोक्ताहरु शनिबार देखि नै रिक्तो सिलिण्डर लिएर उद्योग अगाडी लाइन बस्न पुगेका थिए । हजारौंको संख्यामा लाइन भएपछि लाइन बस्ने सबैले भने ग्यास पाउन नसक्ने भएका छन् । यसअघि सरकार र उद्योगीहरुले डिपोमार्फत वितरण गर्ने भनिए पनि उन्ततः उद्योगबाटै वितरण हुने भएपछि काभ्रेमा यस्तो देखिएको हो । जिल्लामा ठूलो संख्यामा उपभोक्ताहरु लामबद्ध भएपछि काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा वितरणलाई सहज बनाउन आइतवारैदेखि कुपन वितरण गरिएको पनि जनाएका छन् । आइतवारे नै लाइन बसेका मध्ये दुई हजार पाँच सयको हाराहारीमा चण्डी ग्यासको कुपन वितरण भएको उद्योग वाणिज्य संघका सह–कोषाध्य रजित पलाञ्चोकेले जानकारी दिएका छन् ।
पाँच घण्टा लाईन बस्दा पनि कुपन समेत नपाएका उपभोक्ता भने आक्रोशित बनेर फर्किएका छन् । आधा सिलिण्डर ग्यासको मुल्य सात सय रुपैयाँ निर्धारण गरिएको पनि जानकारी दिएका छन् । प्रसासन र विभिन्न सङघ संस्थालाई भनेर करिव एक हजार सिलीन्डर छुट्याइएको छ ।
प्रतिक्रिया