३ दिन निजीलाई मात्र तेल

काठमाडौं । नेपाल आयल निगमले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारी साधानलाई मात्र इन्धन उपलब्ध गराउने भएको छ । यसअघि सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउँदै आएको निगयमले तीन दिन भने निजी सवारी साधनलाई मात्र इन्धन उपलब्ध गराउने भएको हो ।
निगमका एलपिजी विभाग प्रमुख मुकुन्द घिमिरेका अनुसार तीन दिन काठमाडौंका ५० भन्दा बढी पेट्रोल पम्पबाट इन्धन वितरण गरिँदैछ ।
निगमका अनुसार लट सिस्टममा इन्धन वितरण गर्न लागिएको हो । बिहीबार १ देखि ३० लटसम्मका बाइकलाई तेल वितरण गर्ने, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ लटभन्दा माथिका बाइकलाई तेल वितरण गरिने घिमिरेले जनाए । बाइकको लट तय भए पनि गाडीको भने तय हुन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया