काठमाडौं, १४ कात्तिक । यूट्यूब जुकबक्सबाट रेखा थापाको पछिल्लो फिल्म ‘राम प्यारी’ को सबै अडियो गीत रिलिज भएको छ । आगामी चैत २६ लाई रिलिज मिति राखेको यो फिल्ममा तीनवटा गीत समावेश गरिएको छ । जसलाई तीन जना संगीतकारले संगीत दिएका छन् ।
फिल्मको ‘अर्को जुनी कुन्नी’ बोलको गीतमा रेखा स्वयंमको संगीत रहेको छ । अन्य दुई गीतहरु ‘छम छम’ र ‘मेरो घुर्की’ मा क्रमश थानेश्वर गौतम तथा कोसिश क्षेत्रीको संगीत छ । गीतमा राजेश पायल राई, मनिषा पोखरेल, माण्डवी त्रिपाठी, संगीतकार गौतम र कोसिशको स्वर समावेश गरिएको छ ।
‘रामप्यारी’मा रेखा टेम्पो ड्राइभरको शिर्ष भूमिकामा अभिनय गरेकी छन् । जगदिश्वर थापाको पटकथा एंव संवाद रहेको फिल्ममा रेखाका अलवा नायक सबिन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको महत्वपूर्ण भूमिका छ । शिव ढकालको छायाँकन, रोशन श्रेष्ठको फाइट डिरेक्सन रहेको ‘राम प्यारी’ का गीतहरुमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया