काठमाडौं, १४ कात्तिक । लागू पदार्थ दुव्र्यसनीको कथालाई समेटेर तयार भएका छोटा चलचित्रहरुको प्रतियोगिता हुने भएको छ । यसकालागि ‘माङ हिम सर्ट फिल्म कम्पिटिशन–२०१५’ नाम दिइएको छ ।
यस प्रतियोगिताकालागि १० वटा छोटा चलचित्र छनोट भएका छन् । प्रतिस्पर्धामा सहभागी हुन आएका २६ मध्ये १० लाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिएको हो ।
‘माङ हिम सर्ट फिल्म कम्पिटिशन(२०१५’ का लागि ५ देखि १० मिनेट लामा चलचित्र आह्वान गरिएको थियो । माङ हिम फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र ‘रातो घर’को प्रवद्र्वनकालागि ‘माङ हिम सर्ट फिल्म कम्पिटिशन–२०१५’ आयोजना गरिएको चलचित्रका निर्देशक सुरज सुब्बा’नाल्बो’ले जनाएका छन् ।
छोटा चलचित्र प्रतिस्पर्धाका संयोजक शान्तिप्रियले छनोट भएका १० चलचित्रलाई युटुबमा ४ महिनाका लागि राखिएको जानकारी दिएका छन् । प्रतिस्पर्धाका लागि एन्सर, वोध, वुक्याच्या, घाट, हिरोइज्म, लाइफ डज नट रिवान्ड, मेरो जीवनको मोड, निर्णय, रिर्गेट, लवाभ चलचित्र रहेका छन् । जुरी तथा दर्शकले चलचित्र हेरेपछि उत्कृष्ट हुने चलचित्रलाई नगद १ लाख पुरस्कार सहित अवार्ड प्रदान गर्नेछ ।
प्रतिक्रिया