काभ्रे, १४ कात्तिक । तिहार आउन अझै केही दिन बाँकी रहेको बेला काभ्रेमा भने तिहार अगावै देउसी भैलो खेलिएको छ । विगत एक महिना अघिदेखि जारी इन्धन सङ्कटको विरुद्धमा देउसी भैलो गीतमार्फत व्यङग्ये कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विशेष अतिथी डिजेलको एक बोतल, पेट्रोल सभापति , प्रमुख अतिथी एलपी ग्याँँसको रित्तो सिलीन्डर र अतिथीमा मट्टितेललाई राखेर व्याङयात्मक शैली पं्रदर्शन गरिएको छ । श्रीकृष्ण म्युजीक प्राली प्रोपाईटरसमेत रहेका गायक रामहरी न्यौपानेको आयोजनामा भएको सो कार्यक्रम काभ्रेको बनेपामा सम्पन्न भएको हो ।
छिमेकी मुलुकको अघोषित नाकाबन्दी र तराई आन्दोलनले यतिबेला देशमा चरम इन्धन सङ्कट रहेको भन्दै सो कार्यक्रमको आयोजना गरिएको न्यौपानेले बताए । सोही अवसरमा काभ्रेका प्रथम लोक गायक मच्छेस्वर सापकोटा र उनकी धर्मपत्नीलेसमेत सो कार्यक्रममा गीत गाएर र देउसी भैलोमार्फत सरकारसंग इन्धन मागेका थिए । सरकारलाई दिएको सो दवाव मुलक कार्यक्रममा सयौँ काभ्रेलीहरुले सहभागिता जनाएका थिए ।
सो कार्यक्रममा सहभागिता जनाउँदै सापकोटाले सरकारले छिटै इन्धन सङ्कटको विकल्प खोज्नुपर्ने र राजनीतिक निकासको लागि बार्ता गर्नु पर्ने बताएका थिए । नेपालमा तिहारको बेला देउसी भैलो खेलेर रमाईलो गर्ने प्रचलन रही आएको छ ।
प्रतिक्रिया