३२ को कैद मिनाह

इलाम, १४ कात्तिक । नयाँ संविधान जारी भएको र चाडपर्वको अवसर पारेर जिल्ला कारागार इलामबाट ३२ जना कैदीबन्दीले बाँकी कैदको मिनाह पाएका छन् ।

नेपाल सरकारले असल चरित्र भएका २० जनालाई ५० प्रतिशत कैद भुक्तान गरेबापत बाँकी कैदको माफी मिनाह गरेको कारागार प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिए ।

बाह्र जनालाई ४० प्रतिशत वा सोभन्दा बढी कैद भुक्तान गरेबापत बाँकी कैद मिनाह भएको बताइएको छ । कैद मिनाह हुनेमा बहुविवाहका छ महिला र आगजनी मुद्दाका एक गरी सात महिला रहेका छन् ।

बाँकी कैद माफी पाउनेमा कतव्र्य ज्यानका चार, बहुविवाहका ११, गौवधका छ, ज्यान मार्ने उद्योगका तीन, गर्भपतनका दुई, सवारी ज्यानका एक, रहजनी चोरीका दुई, चौपाया चोरीका एक, आगजनी एक र हात हतियार खरखजानाका एक गरी ३२ कैदी रहेका छन् । उनीहरूसँगै आश्रित एक नाबालक पनि छुटेका छन् ।

कारागार प्रमुख दुलालका अनुसार अब कारागारमा पाँच आश्रित नाबालकसहित दुई सय ९७ कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया