जनकपुर, २१ असोज । जनकपुर उपमहानगरपालिका– २२ को बसविट्टी दुधमतीको किनारमा फेला परेका शवहरू मध्ये जनकपुर अंचल अस्प्तालमा ल्याइएको एक शव शंकास्पद रहेकाले परीक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पठाएको छ ।
आयोगले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले ६ शवको परीक्षण गरेर शदगत गरेको देखिए पनि विधि र प्रक्रिया नपुगेकाले सरोकार वाला निकायलाई सचेत गराएको बताइन ।
यसैगरी आन्दोलनको क्रममा साउन ३० गतेदेखि महोत्तरीको हतिसर्वा– १ का १९ वर्षीय दिपेन्द्र यादव, महोत्तरीकै एकडरावेला– ५ का ३६ वर्षीय रामबाबु साह हराएको विषयमा आयोगमा उजुरी पनि परेकोले फेला परेका ७ शवमा हुलीया पुष्टि नभएकाले त्यस विषयमा बुझने काम भैरहेको पनि आयोगका प्रवक्ता मोहना अन्सारीले बताइन्े ।
राष्ट्रिय मानव अधिकार आयोगले नदीको किनारमा फेला परेको शवहरूको वारेमा केही दिन लगाएर अनुसन्धान गरेका थिए । मार्चाका कार्यकर्ताहरूले मानव साङ्गलो निर्माणको क्रममा शवहरू गाडनका लागि लगिएको वेलामा नियन्त्रणमा दिएर आयोगलाई निष्पक्ष रुपमा छाविनका लागि आग्रह गरेपछि आयोगले छानविन प्रक्रिया अगाडी बढाएको हो ।
प्रतिक्रिया