सुनसरी, ५ असोज । तीन दिनयता लिम्बुनवान राज्यको माग गर्दे अनिश्चितकालीन बन्दको आह्वान गरेको संघीय लिम्बुवान पार्टी नेपाल र यातायात व्यवसायीबीचको बन्द खुलाउने विषयमा भएको छलफल विनानिष्कर्ष टुंगिएको छ । मंगलबार सुनसरीको धरानमा भएको दुईपक्षीय वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछाडेका कारण वार्ता विना निष्कर्ष टुंगिएको हो । वार्ता विनानिष्कर्ष टुंगिएपछि यातायात व्यवसायीले बुधबारबाट बन्दको अवज्ञा गर्दै सडकमा गाडी निकाल्ने भएका छन् ।
तर, बन्दकर्ताहरूले भने बुधबार पाँच बजेसम्म बन्दलाई सहयोग गन आग्रह गरेकोे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोसी अञ्चल संयोजक कृष्ण सुवेदीले बताए । उनका अनुसार आफूहरूले भने बुधबार बिहानैबाट बन्दको अवज्ञा गर्दै भानुचौकमा गाडी निकाल्ने तयारी भएको छ । ‘यहाँ मात्रै होइन, बुधबार अन्यत्रबाट पनि गाडी निस्किन्छ । यातायात व्यवसायीका तर्फबाट हीरा उदास, गौरी लामालगायत बसेको उनले बताए । यता बन्दकर्ताबाट लिम्बुवान संर्घष समितिका अमर इजम, राम थापालगायत रहेको बताइन्छ ।
प्रतिक्रिया