सोलुखुम्बू, ३० भदौ । खुम्बू क्षेत्रको क्लब सञ्जाल समिति सोलुखुम्बूले विभिन्न १६ व्यक्तिलाई सम्मान गरेको छ ।
वातावरण तथा जैविक विविधता संरक्षण र प्रदुषण नियन्त्रणका लागि विद्यार्थी स्तरीय सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक जनचेतना अभिवृद्धि गर्न सञ्जाल स्तरीय कार्यक्रममा आर्थिक, प्रशासनिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रका १६ व्यक्तित्वलाई सम्मान गरिएको सञ्जाल समितिका सहसंरक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिए । उनीहरूलाई बालदिवसको अवसर पारी ताम्रपत्रले सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा सगरमाथा राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, सगरमाथा राष्ट्रिय निकुन्ज नाम्चेका कायममुकायम प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेल, चांैरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष ङिम दोर्जी शेर्पा, जिल्ला शिक्षा कार्यालय सोलुखुम्बूका स्रोतव्यक्ति चंखबहादुर ठोकर छन् ।
यस्तै खुम्बू क्षेत्रको सञ्जाल समितिका भूपूसंरक्षक द्वय अचम्मसिंह राई र गन्जु राई, सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राईलाई सम्मान गरिएको छ । महेन्द्र ज्योति उच्च मावि चौंरीखर्कका प्रधानाध्यापक विरुमान राई, शिक्षिकाहरू भविकुमारी राई र रविका राई, भूपूविद्यार्थी सुन्दर तामाङलाई सम्मान गरिएको सञ्जालले जनाएको छ ।
यसैगरी खुम्जुङ मावि खुम्जुङका भूपू प्रधानाध्यापक महेन्द्रबहादुर कठायत, थामे निमावि नाम्चेका प्रधानाध्यापक लाखमान तामाङ, युवा वर्ष निमावि चौरीखर्क–१ का शिक्षिका पासाङ राई, जनसेवा निमावि चौरीखर्कका शिक्षक डिल्लिसेर तामाङ, सगरमाथा प्रावि चौरीखर्कका शिक्षिका मन्जू राई सम्मानित भएको सञ्जाल समितिका सहसंरक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिए ।
प्रतिक्रिया