स्थानीय निकायमा बेथिति

Butwal muntpility butwalरुपन्देही, ३० भदौ । ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ नारा दिएको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०६९/७० मा कूल २९ करोड ८६ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन ग¥यो ।

विनियोजित बजेटमध्ये लक्षित वर्ग ‘महिला लक्षित कार्यक्रम’ मा कूल ५८ लाख ५४ हजार रुपैयाँ, बालबालिका लक्षित कार्यक्रममा कूल ५७ लाख १५ हजार रुपैयाँ र अन्य लक्षित समुदाय आदिवासी जनजाति, जेष्ठ नागरिक, अपांगता भएका, मधेसी, मुस्लिम, पिछडावर्ग र अन्य समूहका लागि एकमुष्ठ कूल ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो । बालबालिका लक्षित कार्यक्रमको विभिन्न ३० वटा शीर्षकको पैसा भौतिक पूर्वाधार विकासमा लगाइएको छ । अन्य ११ विधामा मात्र क्षमता अभिवृद्धिका लागि खर्च गरेको देखिन्छ ।

आर्थिक वर्ष ०७०÷७१ मा पनि उपमहानगपालिकाले यस्तै गरी एउटा शीर्षकमा छुट्टयाएको पैसा अर्कै शीर्षकमा खर्च गरेकोे छ । यो आर्थिक वर्षमा लक्षित समुदायअन्र्तगत महिला तथा बालबालिका लक्षित कार्यक्रममा कूल ४९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरेकोमा ५ शीर्षकमा भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । महिला लक्षित कार्यक्रममा जिपी कोइराला भलिबल प्रतियोगिता सञ्चालनको लागि भन्दै ७५ हजार छुटइएको थियो । यो प्रतियोगितामा पुरुष खेलाडीले मात्रै सहभागिता जनाए ।

सो आर्थिक वर्षमा खनेपानीको बोरिङ निर्माणदेखि सिद्धबाबा धामको विकासको लागिसमेत बजेट विनियोजन गरिएको छ । जुन विषय महिला लक्षित कार्यक्रममा पर्दैन । सोही आर्थिक वर्षमा अर्को लक्षित समूह बालबालिका लक्षित कार्यक्रममा कूल ५० लाख ४० हजार रुपैयाँ विनियोजन गरेकोमा ११ विभिन्न शीर्षकमा भौतिक पूर्वाधार निर्माणको लागि रकम विनियोजन गरेर खर्च गरेको पाइएको छ । सडक पक्की गर्नेदेखि विद्यालय भवन निर्माणको काममा खर्च गरिएको देखिन्छ ।

सोही आर्थिक वर्षमा अन्य लक्षित समूहअन्तर्गत दलित, आदिवासी जनजाति, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, मधेसी, मुस्लिम, पिछडा वर्गको विकासका लागि भन्दै कूल ७३ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएकोमा २३ शीर्षकको बजेट भौतिक पूर्वाधर निर्माणका लागि खर्च गरिएको छ । सो समूहको बजेटबाट चौपारीमा कुर्सी राख्नेदेखि लिएर मन्दिर निर्माण र सडकबत्ती जडानका लागि भन्दै बजेट विनियोजन गरेर खर्च गरिएको पाइएको हो ।

त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा पनि महिला लक्षित कार्यक्रमहरू शीर्षकमा कूल ९० लाख १० हजार विनियोजन गरेकोमा १४ बजेट शीर्षक भौतिक निर्माणमा छुट्टयाएर खर्च गरिएको छ । सोही शीर्षकमा ढुंगेधारा संरक्षणका लागि १ लाख र र खानेपानीका लागि जेनेरेटर व्यवस्थापनको लागि भन्दै ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै बालबालिका लक्षित कार्यक्रमअन्र्तगत ९० लाख १० हजार रुपैयाँ विनियोजन गरिएकोमा १८ वटा शीर्षकमा भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरी खर्च गरिएको छ ।

चालु आर्थिक वर्ष ०७२÷७३ मा पनि बुटवल उपमहानगरपालिकाले सोही कार्य दोहो¥याएको छ ।

स्थानीय स्वायत्त शासन ऐन ०५५ र त्यसलाई कार्यान्वयन गर्न बनेको नियमावली ०५६ अनुसार लक्षित समुदायको लागि भनेर विनियोजन गरिएको रकम भौतिक पूर्वाधार निर्माणमा प्रयोग गर्न पाइँदैन ।

स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ को दफा १० को उपदफा (२) र (७) सँग सम्वन्धित लक्षित समूहहरूलाई उपयोगी कार्यक्रम तथा आयोजनाअन्तर्गत बजेट विनियोजन गर्दा महिला विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास, स्वास्थ्य तथा सरसफाई, प्रसूतिगृह निर्माण तथा मर्मत सुधार, प्रसूति एवं स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न पाउने उल्लेख गरिएको छ । तर बुटवल उपमहानगरपालिकाले भने लक्षित वर्गका लागि विनियोजन गरिएको रकममा अधिकांश भौतिक पूर्वाधार निर्माणका लागि खर्च गरेका छन् ।

यता, बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्रबहादुर खड्काले लक्षित समूहको रकम विकास निर्माण तथा बाँदर नियन्त्रणका लागि विनियोजन गर्न हुने या नहुने भन्ने विषयमा आफूले निर्देशिका अध्ययन गरेर मात्र केही भन्न सक्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘दक्षित समूहका व्यक्तिहरू पनि त जंगल नजिकै बस्छन् नी ! तर कहाँबाट कसरी त्यो शीर्षकमा प¥यो भन्ने विषयमा निर्देशिका हेरर मात्र जानकारी दिन मिल्छ ।’

प्रतिक्रिया