काठमाडौं, २८ भदौ । सामाजिक सद्भाव खलबलाउने सामग्री सामाजिक सञ्जालहरूमा पोष्ट गरेको अभियोगमा पक्राउ परेका आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव एवं संघीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पा सोमबार धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौँले शेर्पालाई धरौटीमा रिहा गर्न दिएको आदेशबमोजिम शेर्पा २० हजार रुपियाँ धरौटी राखेर रिहा भएका हुन् । नेपाल प्रहरीको मुद्दा फाँटका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले यस्तो जानकारी दिएका हुन् ।
शेर्पालाई फेसबुकमा सामाजिक सद्भाव भड्काउने सामग्री पोष्ट गरेको अभियोगमा प्रहरीले १६ भदौमा राजधानीबाट पक्राउ गरेको थियो । शेर्पाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा भने जारी छ ।
प्रतिक्रिया