इलाम, २५ भदौ । बँदेलको आक्रमणमा परी उत्तरी इलामको जमुनामा १ व्यक्ति गम्भीर घाइते भएका छन् । शुक्रबार बँदेलको टोकाइबाट जमुना–१ पिप्लेका ६२ वर्षीय घनश्याम थेवे घाइते भएका हुन् ।
मकै हेरचाहका लागि बारीमा गएका बेला बिहान ६ बजे थेवेलाई बँदेलले आक्रमण गरेको थियो । थेवेको गोडा, तिघ्रा, हात, पाखुरासहित शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल इलाममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डबी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
घर नजिकै मकै हेरचाह गर्न बारीमा गएका थेवे र बँदेलबीच अकास्मात् जम्काभेट भएपछि आक्रमणमा परेको थेवेसँगै बारीमा गएकी प्रत्यक्षदर्शी छोरीहरू शर्मिला र सृष्टीले जानकारी दिए । उनीहरू भने सकुशल छन् ।
जंगल नजिकै घर भएका थेवे परिवारलाई दुम्सी र बँदेलको बिगबिगीले राती मकै रुङ्नुपर्ने बाध्यता थियो । बिहानै मकै खाए÷नखाएको हेर्न गएको बेला आपूmसँगै अघिअघि रहेका बाबुलाई बँदेलले आक्रमण गरेको छोरी शर्मिलाले बताइन् । बाबुलाई आक्रमण गरेको देखेपछि छोरीहरू शर्मिला र सृष्टीले बँदेललाई बन्चरो र लाठी प्रहार गरी धपाएको घाइतेका छोरा रत्न थेवेले जानकारी दिए ।
पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रका किसानहरू जंगली जनावरको बिगबिगीबाट त्रस्त बनेका छन् । लगाइएको खेतीपाती पाक्न र जोगाउन किसानले रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया