जलेश्वरमा प्रहरी–प्रदर्शकारी भडप

महोत्तरी । जलेश्वरमा बुधबार प्रहरीको गोली लागेर चारजना प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–७ का रोहन चौधरी, जलेश्वर–१४ का मुस्वा भनिने अमित कापर, महोत्तरी–५ का रामविवेक यादव र पिगौनाका वीरेन्द्र बिच्छा छन् ।

प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयतर्फ बढेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ । गोली लागेका अर्का शंकर पासवानको उपचारका क्रममा मृत्यु भएको बताइए पनि पुष्टि हुन सकेको छैन । मृतक सबैको शव जलेश्वर अस्पतालमा राखिएको छ । प्रदर्शनका क्रममा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेको जलेश्वर अस्पताल र जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयलाई चारैतिरबाट घेराहाली ढुंगामुढाले आक्रमण गरी जिल्ला अदालतका महोत्तरीका मुख्य न्यायाधीशको निवासमा आगजनी गरेपछि गोली चलाउन बाध्य भएको एसपी सौरभ राणाले बताएका छन् । बुधबार प्रदर्शनकारी उग्र हुँदै घरेलु हतियारसहित गाउँगाउँबाट ट्र्याक्टरमा ओसारिएका थिए । तनावग्रस्त बनेको जलेश्वरको अवस्थालाई ख्याल गर्दै प्रशासनले राती आठ बजेबाट कफ्र्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले अर्को आदेश नभए सम्मका लागि आज राति ८ बजेदेखि अनिश्चितकालीन कप्mर्यु जारी गरेको जानकारी दिए ।

यसैबीच, सदरमुकाम जलेश्वरसमेत रहेको क्षेत्रनं. –३ बाट निर्वाचित एमाले सभासद् रामदयाल मण्डलले मृतकप्रति श्राद्धाञ्जली व्यक्त गर्दै प्रहरीको यस किसिमको बर्बरताको भत्सर्ना गरेका छन् । आफ्ना जायज माग शान्तिपूर्ण ढंगले उठाउन आग्रह गर्दै मण्डलले आन्दोलनरत पक्षका माग सम्बोधन गरी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । (सौस)

प्रतिक्रिया