५ विद्यार्थी सम्मानित

सोलुखुम्बु, २२ भदौ । ३६औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सोलुखुम्बूबाट एसएलसीमा विशिष्ट श्रेणी ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

‘दीगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ भन्ने मूल नाराका साथ मनाइको दिवसमा ०७१ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणी ल्याउने विभिन्न ५ विद्यालयका ५ विद्यार्थीलाई सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थी जनकल्याण उच्चमावि जुवुका एलिना निरौला, फाप्लु सामुदायिक मावि फाप्लुका मिङमार शेर्पा, जनता मावि लोखिमका अनिल कट्टेल, विरेन्द्र उच्च मावि सोताङका रोशन कुलुङ, र जीवन ज्योति उच्चमावि नेलेका सुस्मा गिरी रहेको जिल्ला शिक्षा कार्यलय सोलुखुम्बूका जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काले बताए । उनका अनुसार एसएलसी परीक्षामै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल एउटा संस्थागत र अर्को एक सामुदायिक विद्यालयलाई समेत सम्मान गरिएको जिशिअ खड्काले बताए । माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल र खुम्जुङ माध्यमिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका थिए ।

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रमकै क्रममा यस वर्ष भित्रै अनिवार्य अवकास हुन लाग्नुभएका ९ जना शिक्षकहरू साथै जिल्लाको शैक्षिक विकासका लागि सहयोग पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तीहरूलाई सम्मान गरिएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बू जनाएको छ ।

प्रतिक्रिया