निजामती सेवा दिवस मनाइयो

धनकुटा, २२ भदौ । १२ औँ निजामती सेवा दिवस मंगलबार धनकुटामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम, ¥याली, सेवा निवृत्त कर्मचारी तथा उत्कृष्ट विद्यार्थीलाई सम्मानलगायत कार्यक्रम गरिएको थियोे ।

नेपाल निजामती कर्मचारी संगठनले बिहान धनकुटा अस्पतालमा अयोजना गरेको खुला रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन् । सो अवसरमा निजामती कर्मचारीसँगै, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले पनि रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाइटी धरान शाखालाई हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष हेमचन्द्र कार्कीले बताए । दिवसकै अवसरमा निजामती कर्मचारीले ब्यानर र प्लेकार्डसहित हुलाकटोल हुँदै बीचबजार, भीमनारायण चौकलगायत स्थानको परिक्रमा पनि गरेका थिए । यसैगरी, ०७२ सालमा सेवा निवृत्त भएका तथा हुन लागेका कर्मचारी र निजामती आवासीय विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको नेपाल निजामती कर्मचारी संगठन धनकुटाका उपाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया