‘फेरि उठ्नेछ नेपाल’ अभियान सुरु

Cocacola_Pic 1काठमाडौं, २२ भदौ । कोकाकोलाले कम्पनीले ‘फेरि उठ्नेछ नेपाल’ अभियानको शुभारम्भ गरेको छ । भक्तपुरको बोडेबाट सुरु गरेको अभियानमा नेपालका प्रख्यात एड्रियन प्रधान र सन्तोष लामा जस्ता कलाकारहरूको सहभागिता रहेको छ ।

भूकम्पपीडितहरूका लागि बनाइएको अस्थायी क्याम्पहरूमा गएर विभिन्न सांगीतिक प्रस्तुति गर्ने गरिएको छ । आफूहरू कलाकार भएकाले आफ्नो सांगीतिक प्रस्तुतीमार्फत् अहिलेको परिस्थितिमा क्याम्पमा बसोबास गर्दै आएका पीडितलार्ई व्यक्तिगत रूपमा प्रेरणा दिन पाएको कलकारहरू समेत खुसी रहेको एड्रियन प्रधानले बताए । उनले भने, ‘भूकम्पपीडितहरूलार्ई सहायता गर्न र उनीहरूसँग खुसी बाँड्न पाउँदा मलार्ई ज्यादै खुसी लाग्यो ।’

त्यस्तै, अर्का कलाकार सन्तोष लामाले भने, ‘उनीहरूसँगको अन्तक्र्रियाबाट नेपालीहरूको अदम्य साहस र धैर्यताका बारेमा अझै नजिकबाट जान्ने मौका पाइयो ।’ भूकम्पपछि, नेपालीहरूले देखाएको धैर्यता र सकारात्मक ऊर्जाले नेपालभित्र र बाहिर रहेका सबैको मन छोएको बताउँदै अदम्य साहस र सहयोगका घटनाले सारा नेपालीलार्ई विश्वसामु चिनाएको अभियानको आयोजक संस्था कोकाकोला उत्पादक समूहले जनाएको छ ।

प्रतिक्रिया