आफ्नै लागि आन्दोलन गरौँ : राई

sanghiya_samajbadiकाभ्रे, २१ भदौ । संघीय समाजवादी फोरम काभ्रेले ताम्सालिङ स्वायत्त प्रदेशको माग राख्दै काभ्रेको सदरमुकाम धुलिखेलमा ¥यालीको आयोजना गरेको छ । सो ¥यालीमा सहभागी हुन सोमबार धुलिखेल आइपुगेका अशोक राईले जनतामाझ गएर ल्याइएको सुझाव र संविधानसभाले निकालेको मस्यौदाकै कारण देशमा रहेका जातजातिहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

संकलित सुझावलाई एक कुना फाल्दै जनताको आवश्यताको कुनै चासो नदिएको र त्यसको परिणाम स्वरूप आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् । नेता राईले आफूहरूसँग भएको विगतका सम्झौता र सहमतिलाई कुल्चेर मस्यौदामा आफ्ना हक अधिकारको कुनै ठाउँ नै नराखेकोे भन्दै उनले अबको दिनमा देशै उर्लन सक्नेसम्मको चेतावनी दिए । उनले मस्यौदा समितिले मनपरी ढंगले बुँदाहरूमाथि थपघट गरेको बताएका छन् । आफ्नो पार्टीको जिल्ला कार्यसमितिले धुलिखेलमा गरेको ¥याली पछि पत्रकारसँग कुराकानी गर्दै उनले संविधानको पहिलो मस्यौदामाभन्दा दोस्रो मस्यौदामा अधिकार कटौती गर्दै आएको बताएका छन् । उनले राज्य पुनर्संरचना आयोगकोे प्रतिवेदनलाई आधार मानेर सीमांकन र नामांकनसहितको संविधान जारी हुनुपर्ने र त्यसका लागि समयमा नै सरकारले वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले मस्यौदामा धर्मनिरपेक्षताको व्याख्या र विश्लेषण पनि भ्रमपूर्ण र काल्पनिक भएको बताएका छन् । उनले ठूलो पार्टीका ठूला भनाउँदा नेताहरूको निर्वाचन क्षेत्र, अञ्चल र जिल्लालाई संघीयतामा समावेश गराएको आरोपसमेत लगाएका छन् । उनले संवैधानिक अदालत पनि सर्वोच्चको नाम मात्रको बहसस्थल बनाइँदै गरेको छ ।

उनले जारी प्रक्रिया स्थगित गरी विगतमा भएका सहमति कार्यान्वयन गर्न र तराईमा तत्कालै दंगाग्रस्त क्षेत्रबाट समान्यकरण गरिनुपर्ने माग गरेका छन् । आप्mना मागलाई स्पष्ट रूपमा सरकारको ध्यान नदिएसम्म आन्दोलनले उत्कर्षरूप लिने राईले बताए ।

प्रतिक्रिया