‘ठमेल डटकम’ को गीत रिलिज

काठमाडौंं, २० भदौ । आगामी कात्तिक ५ गते मोफसल र ६ गते राजधानीभित्र प्रदर्शनको तयारीमा रहेकोे चलचित्र ‘ठमेल डटकम’ को दोस्रो गीत रिलिज भएको छ । गोपीकृष्णको ब्यानरमा निर्माण भएको चलचित्र ‘ठमेल डटकम’ को सार्वजनिक ठमेल डटकम’ बोलको गीत भर्खरै रिलिज भएको हो । गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ ।

सार्वजनिक भएको गीतमा मोडल सम्पदा बानियाँ देखिएकी छिन् । उद्धव पौड्यालको प्रस्तुति रहेको यो चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, नरेन खड्का, नीता पोखरेललगायतका कलाकार रहेका छन् ।

उक्त चलचित्रलाई राजकुमार शर्माले निर्देशन गरिरहेका छन् । निकिता पौडेल, निरज पौडेल र निरक पौडेलको निर्माण रहेको यो चलचित्रमा ब्रजेश खनालको आलेख, राजुविक्रम थापाको छायांकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहेको छ ।

प्रतिक्रिया