काठमाडौं । दोस्रो तीज म्युजिक अवार्डको फाइनल भदौ २५ गते हुने भएको छ । अवार्डका लागि सर्वोत्कृष्ट पाँचको मनोनयन सूचीसमेत सार्वजनिक भइसकेको छ ।
यस वर्ष हुने तीज म्युजिक अवार्डको सर्वोत्कृष्ट गायिकाको सूचीमा सुनिता दुलाल, शोभा त्रिपाठी, देवी घर्ती मगर, अमृता लुङगेली मगर र कल्पना देवकोटा पौडेल परेका छन् । ०७२ सालमा बजारमा आएका तीज विशेष गीतका स्रष्टाले दिएको आवेदनको आधारमा निर्णायकहरूले सर्वोत्कृष्ट पाँचको सूची सार्वजनिक गरेको अवार्ड कार्यकारी निर्देशक शान्तिप्रियले जानकारी दिएका छन् ।
छायाछवी क्रिएसनको आयोजनामा हुने यो अवार्ड कार्यक्रममा तीज गीतमात्रै प्रस्तुत गरिनेछ भने उत्कृष्टलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । कमलादेवी डिजिटलको इच्छा पु¥याउदेऊ, तिर्सना म्युजिकको तीज आयो, गंगामाया फिल्म्सको तीजको दरखाने, प्राप्ति म्युजिकको माइतीको कुकुर नि प्यारो र शिवदर्शन म्युजिकको माइतीको झल्को उत्कृष्ट तीज गीतको सूचीमा परेका छन् ।
विभिन्न १८ विधाका लागि छनोट गरिने अवार्डमा उत्कृष्ट सन्देशमूलक तीज गीत, उत्कृष्ट तीज गीत नवगायन, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज गीत छायाँकार, उत्कृष्ट तीज गीत मोडल (पुरुष), उत्कृष्ट तीज गीत मोडल (महिला) रहेका छन् ।
त्यसैगरी उत्कृष्ट तीज गीत भिडियो निर्देशन, उत्कृष्ट तीज गीत कोरियोग्राफर, उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज दोहोरी गीत भाका, उत्कृष्ट तीज दोहोरी गीत शब्द, उत्कृष्ट तीज दोहोरी गीत गायक, उत्कृष्ट तीज दोहोरी गीत गायिका, उत्कृष्ट तीज दोहोरी गीत, उत्कृष्ट तीज गीत शब्द, उत्कृष्ट तीज गीत भाका, उत्कृष्ट तीज गीत गायिका, उत्कृष्ट तीज गीत रहेका छन् । (सौस)
प्रतिक्रिया