काठमाडौं, १७ भदौ । नेपालमा भइरहने सौन्दर्य प्रतियोगितामा महिलाको मात्रै प्रायजसो प्रतिस्पर्धा भइरहने भए पनि नेक्स्ट मोडलले ‘मिस्टर ग्लोबल नेपाल २०१५’ मार्पmत पुरुषलाई समेत प्रतिस्पर्धामा उतार्ने भएको छ । विभिन्न शीर्षकमा हुने सौन्दर्य प्रतियोगितामा युवतीले सहजै प्रवेश पाउने तथा कतिपयले कार्यक्रममा सहभागी भएर करिअरसमेत बनाउने अवसर पाउने गरेकामा पुरुषका लागि अवसर हुने भएको हो ।
आयोजक संस्थाले जनाएअनुसार कार्यक्रममा नेपाली मुलका जुनसुकै समुदायका १८ देखि २८ वर्षका युवा सहभागी हुन पाउनेछन् तर न्यूनतम प्लस २ अध्यायन गरेको हुनुपर्ने प्रावधान छ ।
अवसरको खोजीमा रहेका युवालाई अन्तर्राष्ट्रिय मोडल बनाउन प्रतियोगिताले सहयोग पुग्ने नेक्स्ट मोडलका अध्यक्ष रवि धमलाले जानकारी दिए । आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर व्यक्तित्व विकासलगायत विषयमा प्रतियोगिताले ज्ञान प्रदान गर्ने भएकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रतियोगीलाई सजिलो हुने धमलाको भनाइ छ । असोजको तेस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगिताको प्रिअडिसन देशका प्रमुख सहर काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायत स्थानमा हुनेछ ।
पहिलो अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको योजना छ । प्रतियोगितामा शीर्षसहित फस्ट रनर अफ, सेकेन्ड रनर अप, मिस्टर कन्जेनियालिटी, मोस्ट फोटोजेनिकलगायत विधामा पुरस्कृत गरिने भएको छ । प्रतियोगिताका शीर्ष विजेताले एक लाख नगदसहित मिस्टर ग्लोबल २०१६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
प्रतिक्रिया