नेपाली जोडीको जित

इन्चोन । कोरियाको इन्चोनमा जारि कोरिया कप अन्तर्राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको बुधबार भएको खेलमा नेपालका मनोज सुब्बा ली ह्योन्साओसँग ४–० ले पराजित भए । युगल खेलमा नेपालका मनोज सुब्बा र प्रताप खत्रीको जोडीले भारतका पेरिस बेसेहार आदेबान र संगनाथन नितिन श्रीनिबतनलाई ४–० ले हराए ।

दुष्यन्त थापा र सञ्जय नेपालले भारतकै कमलेश कुमार शुक्ला र सनिसमान मिश्रलाई ४–३(७–५) ले हराए । निरज थापा र सहदेव विक्रम बानिया कोरियाका कि मडोंगहान र किम बेउमाजिनसँग परजित भए । (एजेन्सी)

प्रतिक्रिया