ज्योतिको ‘आकर्षण’ सार्वजनिक

aakarshanकाठमाडौं, १५ भदौ । गीतकार ज्योति पौडेलको आधुनिक गीतिएल्बम ‘आकर्षण’ मंगलबार बजारमा आएको छ । पाँच वटा गीत समावेश गरिएको ‘आकर्षण’ मा संगीतकार तथा गायक आलोक शर्माले संगीत दिएका छन् भने कलाकारहरू शिव परियार, इन्दिरा जोशी, रजिना रिमाल र आलोक शर्माले गीत गएका छन् ।

यसअघि ‘मन त मेरो स्वदेशमै’, ‘त्रिवेणी’, ‘प्रभाव’ र गीति खण्डकाव्य ‘आमा’ बजारमा ल्याइसकेकी ज्योतिले आफ्नो पाँचौ एल्बमको रुपमा ‘आकर्षण’ बजारमा ल्याएकी हुन् । विगत लामोसमयदेखि अमेरिकाको न्युयोर्कमा अध्यापन गर्दै आएकी गीतकार पौडेल राष्ट्रकवि माधव घिमिरेकी कान्छी छोरी हुन् ।

‘विभिन्न शैलीका गीतहरू गजल, आधुनिक र पप गीत यस संग्रहमा समावेश गरिएको यस एल्वमका संगीतकार आलोक शर्माले बताए । ‘प्रभाव’ एल्बमले श्रोतामाझ राम्रो प्रभाव पार्न सकेकाले अर्को एल्बम निकाल्नलाई हौसला मिलेको गीतकार पौडेलले बताइन् ।

पछिल्लो एल्वम ‘प्रभाव’बाट ‘कताकता ज्याउलि चरी’ भन्ने बोलको स्वदेश गीत र ‘मेचिकाली डुले पनि तिमीजस्ती पाइनँ’ भन्ने बोलको म्युजिक भिडियो अहिले मिडियामा चर्चित छन् ।

राष्ट्रकवि घिमिरेले एल्बम ‘आकर्षण’का सबै गीत श्रोताले मन पराइदिने छन् भन्ने आशा राखेको बताए । घिमिरेले भने, ‘छोरी ज्योतिका रसिला र रमाइला गीतमा आलोकले लोक र शास्त्रीय स्वरमा त्यस्तै संगीत रचना गरेका छन् ।’ ‘आकर्षण’ले श्रोतालाई सहजै आकर्षित गर्नेछ’ । एल्वमको वजार व्यवस्थापन पशुपति म्युजिकले गरेको छ ।

प्रतिक्रिया