पोखरा । युवतीको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यसहित ब्लुरेज प्रोडक्सन प्रालिको आयोजनमा हुन लागेका सौन्दर्य प्रतियोगिता ‘मिस डिभा २०१५’ का प्रतियोगीहरू प्रशिक्षणमा जुटेका छन् ।
विभिन्न अडिसबाट अन्तिम स्पर्धाका लागि छानिएका रेजिना गुरुङ, साल्मा गुरुङ, श्रृष्टि आचार्य, सलोनी पुन, निर्मला गुरुङ, उषा बराल, अमिशा बराल, ज्योत्सना आचार्य, युकी क्षेत्री, ऐश्वर्या तण्डुकार, जश्मी क्षेत्री, विनिता गुरुङ, समना बैदार, विना गुरुङ, शुस्मिता पुन, सुस्मिता थापा मगर, र सनिता कराख (१६ प्रतियोगी) अहिले आप्mनो प्रतिभा निखार्न चिप्लेढुंगास्थित डि भिलेज रेस्टुरेन्टमा प्रशिक्षण लिइरहेका छन् ।
प्रशिक्षणमा क्रममा प्रतियोगीले वक्तृत्वकला, नेतृत्व विकास, व्यक्तित्व विकास तथा डिजे प्रशिक्षण लिइरहेको प्रतियोगीताका अर्डिनेटर सागरबाबु गिरीले जानकारी दिए ।
विभिन्न खण्डमा विभाजित प्रशिक्षणको पहिलो खण्डमा स्टेज पर्फमेन्स, नर्भस कन्ट्रोल र वक्तृत्वकला विस्तारका विषयमा हिमालय टेलिभिजनका पोखरा ब्युरो प्रमुख एवं द मिडियाज कलेक्सनका अध्यक्ष जीवन सुवेदीले प्रशिक्षण दिएका छन् ।
त्यस्तै दोस्रो खण्डमा सलिना गुरुङ, अनुषा श्रेष्ठ र प्रनभ गुरुङले क्याटवाक प्रशिक्षण दिएका छन् । प्रतियोगीलाई विट्स एकेडेमीका डिजे सस्पोइजन र डिजे सनिसले डिजेसम्बन्धी प्रशिक्षण दिएको इभेन्ट म्यानेजर सागर आचार्यले जानकारी दिए । भदौ २६ गते प्रतियोगिताको अन्तिम स्पर्धा हुनेछ । प्रतियोगितामा फस्ट रनरअफ, सेकेन्ड रनरअफका साथै विभिन्न विधामा विजेता छानिनेछ । प्रतियोगिताको सुपरभिजन रिभन इन्टरटेन्मेन्ट काठमाडौं र सुरजकुमार गुरुङले गरिरहेका छन् । (सौस)
प्रतिक्रिया