पाँचथर, ५ भदौ । जिल्ला प्रहरी कार्यालय पाँचथरमा भर्खरै आएका डिएसपी कृष्णप्रसाद कोइरालाले ग्रामीण क्षेत्रका प्रहरी युनिट तथा इलाका प्रहरी कार्यालयमा तीव्ररूपमा अनुगमन गरेका छन् ।
गाउँघरमा हुने अपराध न्यूनीकरण गर्न र सुरक्षाका लागि थप निर्देशन दिन कोइराला गएका हुन् । डिएसपी कोइरालाले इलाका प्रहरी कार्यालय नागीमा स्थानीय नागरिकसँगसमेत अन्तत्र्रिmया गरेका थिए । नागरिकहरूका अनुसार शान्तिसुरक्षाको राम्रो व्यवस्था रहँदै आएको र आगामी दिनमा अझ राम्रो सुरक्षा हुने अपेक्षा राखेका थिए ।
उनले सुभाङ गाविसको जोरपोखरी, अमरपुर, नागी गाविसलगायतका प्रहरी पोस्टमा अनुगमन गरेका थिए । नागी गाविसमा बैंक राख्ने तयारी हुनाले थप सुरक्षा संख्या बढाउन स्थानीयले माग गरेका थिए । जिल्लाका सबै प्रहरी युनिटहरूमा अनुगमन गरिने कोइरालाले बताए ।
गाउँ समाजमा हुने कानुन विपरीत कार्य गर्ने र कानुन हातमा लिने जो कोहीलाई कानुन बमोजिम पाता फर्काएर कार्बाही गर्ने डिएसपी कोइरालाले सौर्यलाई बताए ।
प्रतिक्रिया