संविधानसभा आज

काठमाडौं, ५ भदौ । संविधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमाथिको छलफलका लागि आइतबार संविधानसभा बैठक बोलाइएको छ ।

आइतबार साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । प्रमुख दलहरूले सात प्रदेशको नयाँ सहमति गरेपछि मस्यौदा समितिले सीमांकनसहितको प्रतिवेदन संविधानसभाध्यक्ष सुवास नेम्बाङलाई बुझाएको थियो । कांग्रेस–एमाले नेतृत्वमा ६ प्रदेशको खाकामा हस्ताक्षर गरेका चार दलमध्ये सात प्रदेशमा भने विभाजित भएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदा तयार पार्नुअघि १६ बुँदे सहमतिमार्फत आयोगले सीमांकनको टुंगो लगाउने गरी आठ प्रदेशको खाकामा सहमति जनाएर जनतामाझ सुझाव लिन गएका दलहरू सुझावपछि पछि हटेका थिए ।

प्रतिक्रिया