भदौभित्र संविधान : मन्त्री साउद

मोरङ, ४ भदौ । सिँचाइमन्त्री एनपी साउदले मुलुकले भदौ अन्तिम साताभित्रै नयाँ संविधान पाउने बताएका छन् ।

सुनसरीको इटहरीमा शुक्रबार बिहान प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन् । संविधान निर्माणमा दलहरूको ऐक्यबद्धता रहेका कारण भदौ अन्तिमभित्र मुलुकले नयाँ संविधान पाइसक्ने बताए ।

अबको दुई या तीन दिन भित्रै परिमार्जित संविधानको मस्यौदाबारे टुंगो लागिसक्ने भएकाले पनि संविधान निर्माणको प्रक्रियाले गति पाउने मन्त्री साउदले बताए । मधेसमा जारी आन्दोलनबारे बोल्दै मन्त्री साउदले प्रदेश र सीमांकनको विषयमा हेरफेर हुनसक्ने हुँदा आन्दोलनरत मधेसवादी दलहरूलाई वार्ताबाटै सहमति खोज्न आग्रह गरे ।

प्रतिक्रिया