द्वन्द्वपीडितको अभिलेख राख्न सफ्टवेयर

काभ्रे, ३ भदौ । मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले द्वन्द्वपीडितको अभिलेख राख्न सफ्टवेयर निर्माण गरी काभ्रेका सिडिओलाई बुझाएका छन् । काभ्रेमा सशस्त्र द्वन्द्वपीडितले धेरैपटक निवेदन दिँदा पनि सहयोग नपाएको गुनासो आएपछि उनले यसको विकास गरेका हुन् ।

मानवअधिकारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका तिमल्सिना अध्यक्ष रहेको स्थानीय संस्थाको प्राविधिक र जिल्ला विकास समिति काभ्रेको आर्थिक सहयोगमा सिटिजन इन्फोटिच प्राइभेट लिमिटेडले सो सप्mटवेयरको निर्माण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा रहने सो सफ्टवेयरमा पीडितका सबै विवरण अभिलेख हुनेछन् । सशस्त्र द्वन्द्वका पीडितहरूको अभिलेख रेकर्ड भएपछि पीडितहरूलाई आवश्यक सहयोगका लागि बाटो खुल्नेछ । यो सफ्टवेयरको निर्माणपछि सशस्त्र द्वन्द्वको पाश्र्वचित्र निर्माणको तयारी यस संस्थाले गरिरहेको छ । जसका लागि जिल्ला विकास समिति काभ्रेको यस वर्षको जिल्ला परिषद्ले केही बजेट छुट्याएको छ ।

सफ्टवेयरमा मानवअधिकारका अन्तर्राष्ट्रिय सन्धिसम्झौता अनुसार द्वन्द्वका समयमा जिल्लामा घटेका घटनाअनुसारका शीर्षकहरूको चयन गरिएको छ । सफ्टवेयरको मूलकपी हस्तान्तरणका समयमा सिडिओ सुदर्शनप्रसाद ढकाल, स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना र एसपी पूजा सिंहलगायत पत्रकार र सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया