‘मेरै लागि पानी नखाई व्रत बस्नु पर्दैन’
‘संस्कृति हो सबै बस्छन्, बस्नुपर्दछ
मेरो आयु जति सबै हजुरलाई सर्दछ’
‘हिजो युट्युबमा भिडियो आएपछि म आफैँले १० पटक हेरेँ । गीत र भिडियो धेरै राम्रो बनेको छ ।’ अजय अधिकारी ‘सुशील’ र आफैँले गाएको तीज गीतको लोकार्पन कार्यक्रममा बोल्दै गायिका कोमलले भनिन्, ‘सुशीलसँग यो वर्ष फरक प्रकारको गीत लिएर आएकी छु ।’
विगतका तिजमा जीवनसाथी नपाएको गुनासो गर्ने गीत ‘पोइला जान पाम’, ‘भेटिएन कोई’, ‘हत्तेरीका शिवजी’ गाएर बजार तताउँदै आएकी कोमलले यसपटकको तीजमा भने जीवनसाथी पाएको गीत गाएकी छन् ।
‘मेरा धेरै सपनामध्ये एउटा सपना पूरा भयो ।’ गायक अजय अधिकारी ‘सुशील’ले भने, ‘कोमल दिदीसँग गीत गाँउछु भनेर आजभन्दा एक वर्ष अगाडि देखेँ, भोगेँ र लेखेँ पुस्तक लेख्दा नै गीतको शब्दसहित पुस्तकमा लेखिसकेको थिएँ ।’
यस अगाडि ‘रहर’, ‘फेरि अर्को रहर’ एल्बम बजारमा ल्याइसकेका अजयले आपूmले गीत गाउनकै लागि मात्र नभएर समाजमा सन्देश दिने खालको गीत गाउँदै आएको बताए ।
भिडियोमा अजय र कोमल श्रीमान÷श्रीमतीको भूमिकामा छन् । भिडियोको निर्देशन सुव्रत आर्चायले गरेका छन् भने गीत उनी इन्टरटेन्टमेन्टले बजारमा ल्याएको छ ।
प्रतिक्रिया