लिटिल मिस वल्र्ड १२ भदौमा

child copyकाठमाडौं, ३१ साउन । नेप्लिज काउन्सिलको आयोजनामा राजधानीमा ‘पाँचौँ लिटल मिस वल्ड नेपाल–२०१५’ हुने भएको छ । नौ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाको सहभागिता रहने प्रतियोगिता भदौ १२ गते हुँदै छ । प्रतियोगितामा ३९ प्रतियोगी प्रतिष्पर्धामा छन् ।

काउन्सिलका कार्यकारी निर्देशक तथा लिटल मिस वल्र्डको लागि नेपाल पेजेन्टका राष्ट्रिय निर्देशक दीपेन्द्ररत्न शाक्यका अनुसार प्रतियोगिता उपाधि जित्नेले आउँदो आश्विन १० देखि १७ गतेसम्म टर्कीको अन्टालियामा हुने १५औँ लिटल मिस वल्ड २०१५ मा नेपालको तर्पmबाट भाग लिन पाउनेछ ।

विगतमा विपाश्वी पौडेल, सुप्रिया मास्के र विपना अधिकारी नेप्लिज काउन्सिलको आयोजना विजेता भई टर्कीमा विभिन्न शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । गत वर्ष २०१४ मा पनि भेनस पब्लिक स्कुलकी १३ वर्षीय गरिमा ज्ञवाली, जेम्स स्कुलकी जेसिका सिंखडा र ग्यालेक्सी पब्लिक स्कुलकी सबाना गुरुङले नेप्लिज काउन्सिलको आयोजना विजेता भई टर्कीमा क्रमशः लिटल मिस पर्सनालिटी, प्रथम टिन प्रिन्सेस अफ ड वल्र्ड र पाँचौँ टिन प्रिन्सेस अफ ड वल्र्ड २०१४ शीर्ष उपाधि जित्न सफल भएकी थिइन् ।

लिटिल मिस वल्र्ड नेपालमा विजेता हुनेले ३० हजार बरावरको शैक्षिक सहायता तथा टर्कीमा जाँदा लाग्ने सम्पूर्ण खर्च आयोजकबाट प्राप्त गर्ने छन् । त्यसको साथै लिटल मिस पपुलर, ट्यालेन्ट, क्युट, फोटोजेनिक, डिसिप्लेन, फ्रेन्डसिप, पंचुआलिटी, बेस्ट हेयर, वेस्ट स्किनलगायत नेप्लिज काउन्सिल मोडल अफ द एयर २०१५ टाइटलसमेत वितरण गरिनेछ ।

प्रतिक्रिया