मुम्बई, ३० साउन । हरेक भूमिकालाई मन छुने तरिकाले अभिनय गर्ने कलाकार नवाजुद्धीन सिद्धिकीले अभिनय गरेको नयाँ चलचित्र ‘माझी’ (द माउन्टेन म्यान) रिलिजअगावै लिक भएको छ । २१ अगस्तदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्र युट्युबमा लिक भएपछि यतिबेला चलचित्र युनिट तनावमा देखिएको छ ।
बिबिसी हिन्दीका अनुसार चलचित्र माझी दि माउन्टेन म्यान विहारको गया जिल्लाको गेहलुरका दशरथ माझीको संघर्षमा आधारित छ । चलचित्रमा नवाजुद्धीन सिद्धिकी र राधिका आप्टेको मुख्य भूमिका रहेको छ । चलचित्रलाई केतन मेहनाले निर्देशन गरेका हुन् । चलचित्रमा सडकको अभावका कारण परिवार एवं गाउँलेले भोग्नुपरेको समस्या देखाइएको छ ।
त्यस्तै चलचित्रमा नवाजुद्धीन सिद्धिकी र राधिका आप्टेलाई पनि निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको बिबिसी हिन्दीले समाचार प्रकाशन गरेको छ । माझीले हम्मर र छिनोले पहाडका विशाल ढुंगाहरू फुटाएर ५५ किलोमिटर सहरको यात्रालाई १५ किलोमिटरमा छोट्याएको विषयवस्तुमा चलचित्र निर्माण गरिएको बताइएको छ । ती विहारका वास्तविक माझीको भने सन् २००७ मा मृत्यु भइसकेको छ ।
प्रतिक्रिया