दृष्टिविहीन चिरिमायाको ‘द्रष्टा’

कोही भेटेँ यहाँ ढुंगाजस्तो मान्छे
कोही भेटेँ फूलको थुंगाजस्तो मान्छे
विपत्को साथी दुःखको सहारा
भेट्या छैन मनले चाहेजस्तो मान्छे

charimaya
ओशो वाटिका वालुवाटारको ध्यान केन्द्रमा दृष्टिविहीन गायिका चिरिमाया महर्जनले यो गीत गाइरहँदा त्यहाँ उपस्थित साधक–साधिका र आगन्तुक मन्त्रमुग्ध मात्र भएनन् प्रायः सबैका आँखामा आशु टिलपिलाएका थिए । उनले गीतको बिट मार्न नपाउँदै ध्यान केन्द्रमा तालिको गड्गडाहट भयो ।
लामो समयको निरन्तर प्रयाशपछि मात्र चिरिमायाको एकल एल्बम निकाल्ने सपना पूरा भएको छ । जसका कारण होला उनी पनि गीत सक्किने बित्तिक्कै भक्कानिएर रोएकी थिइन् । ‘द्रष्टा’ नाम गरको उनको एकल एल्बमलाई ओशोधार मैत्री संघका अध्यक्ष आचार्य श्री ओशो मैत्रेयज्यूले विमोचन गरेका थिए । विमोचन समारोहमा ओशोका साधक–साधिकाका साथै सर्वसाधारण पनि उपस्थिति थिए ।
एल्बममा ‘कसैले मायाको शैली बदल्छन्’, ‘कोही भेटेँ यहाँ ढुंगाजस्तो मान्छे’, ‘तिम्रो मेरो मिलन’लगायत आठ वटा मन छुने गीत–गजल रहेका छन् । एल्बममा पुरुषोत्तम पौडेल, नीरा अधिकारी, हेम सुवेदी, वीरेन्द्र विकलगायतका गीत रचना समावेश छन् । हरि लम्साल, सुरेश अधिकारी, मनराजा नकर्मी, वीरेन्द्र विक, रमेश सुवेदीलगायतले संगीत भरेका छन् ।
चिरिमायाले यसअघि नै रेडियो नेपालबाट केही आधुनिक गीत र केही भजनहरू गाइसकेकी छन् । आर्थिक अभावका कारण लामो समयदेखि टुक्राटुक्रा गरेर गीत रेकर्डिङ गराएको महर्जनले बताइन् । कार्यक्रममा चिरिमाया महर्जनले आपूmले सदावहार किसिमको पुरानो मोडालिटीको गीतहरू नयाँ स्वादमा पस्केकाले श्रोताले मन पराउनेमा आपूm विश्वस्त रहेको बताइन् । आर्थिक अभावका कारण गीतको भिडियो बनाउन नसकेको उनले बताइन् ।
विमोचन कार्यक्रममा बोल्दै ओशो मैत्रेयले चिरिमायाले गाएका गीतमा स्वर मात्र मिठास नभइकन गीतका शब्द चयनमा पनि उत्तिकै ध्यान दिइएको र प्रायः सबैजसो गीतहरू सन्देशमूलक रहेको बताए । उनले संगीत नै परमात्माको आयाम रहेको र मानिसको जीवनमा संगीतको अत्यन्त महत्व रहेको बताउँदै चिरिमायालाई सक्दो सहयोग गर्ने
प्रतिवद्धता जनाए ।

प्रतिक्रिया