मेलोडीयुक्त बबिनाको ‘मेलोडी’

babina_raiकाठमाडौं, २५ साउन । सुमधुर स्वरकी धनी गायिका बबिना राई आधुनिक गीतको एल्बम ‘मेलोडी’ लिएर बजारमा आएकी छिन् । भोजपुरको पाँचामा जन्मेकी बबिनाले ‘मेलोडी’मा ७ वटा आधुनिक गीत समेटेकी छन् । ‘मेलोडी’ को वितरण व्यवस्थापन युफोनी प्रोडक्सनले गरेको छ ।
बबिनाको पहिलो एकल एल्बम ‘मेलोडी’ मा मनोज साङसोनको एकल संगीत रहेको छ । बबिनाको स्वरमा सजिएका गीत संगीता बायुङ राई, भानु सुनुवार, राज बान्तावा, चन्द्रप्रभात राई, प्रभात क्षेत्री र दिलु सिञ्जालीले रचना गरेका हुन् ।
बबिनाले एल्बमको नामजस्तै गीत पनि मेलोडीयुक्त रहेका बताइन् । ‘यो मेरो पहिलो कोसिस हो, यसका लागि मैले सकेसम्म मेहनत गरेकी छु,’ बबिनाले भनिन्, ‘दर्शक–स्रोताले माया गर्नुहुनेमा विश्वस्त छु ।’
एल्बमको एउटा गीत ‘एकान्तमा’ को म्युजिक भिडियो दक्षिण कोरियामा छायांकन भइरहेको छ । अर्को ‘सायद यो नै माया हो कि’ गीतको पनि चाँडै म्युजिक भिडियो छायांकन गरेर सार्वजनिक गर्ने बबिनाले बताइन् ।

प्रतिक्रिया