विनीतालाई अमेरिकामा छात्रवृत्ति

binita_baralकाठमाडौं, २० साउन । चपली हाइट गर्ल विनीता बराल उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । चपली हाइटमा अभिनय गर्दा उनी चर्चित र विवादित बनेकी थिइन् । अहिले उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान लागेकी हुन् ।
उच्च शिक्षाका लागि एन्टलान्टाको हर्जिन युनिभर्सिटीमा छात्रवृत्ति पाएपछि बराल एमबिए अध्ययन गर्न साउनभित्रै अमेरिका जाँदै छिन् । महाराजगञ्जस्थित मर्सी एडुकेसनल कन्सल्टेन्सीले अमेरिका पठाउने कार्यमा सघाइरहेको विनीताले बताइन् । उक्त कन्सल्टेन्सीले आकर्षक छात्रवृत्तिसहित अमेरिका युरोपलगायत देशमा नेपाली विद्यार्थी पठाउँदै आइरहेको छ । भिसा पाएको खुसियाली बरालले उक्त कन्सल्टेन्सीका सञ्चालक राम टन्डन क्षेत्रीसँग प्रशन्न मुद्रामा फोटोसमेत खिचाएकी छिन् ।

प्रतिक्रिया