चन्द माओवादीका दुई सय बढी कार्यकर्ता पक्राउ

Nepal-Banda-a

बन्दलाई मध्यनजर गरेर प्रहरीले उच्च सुरक्षासतर्कता अपनाएको जनाएको छ । राजधानीका सडकमा आज सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बिहानैदेखि नेकपा माओवादीका कार्यकर्ताले तोडफोड र आगजनी थालेपछि सवारी आवागमन छिटफुट मात्रै भएका छन् । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । यसैबीच नेपाल बन्दका क्रममा बन्दकर्ताहरूले देशका विभिन्न स्थानमा २० वटा सवारी साधनमा तोडफोड तथा आगजनी गरी क्षति पुराएका छन् । तोडफोडमा संलग्न पुरुष १ सय ९७ र महिला ५ जना गरी २ सय २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । छानविनपछि ४ जनालाई रिहा गरिएको छ ।

प्रतिक्रिया