छविको रोजाइ शिल्पा नै

Shilpa-Pokhrel-Kismat-2काठमाडौं । नेपाली चलचित्रका निर्माता छवि ओझाको किस्मत–२ मा शिल्पा पोख्रेलले अभिनय गर्ने भएकी छन् । रेखा थापाको लिड रोल रहेको सफल चलचित्र किस्मतको सिक्वेलको रूपमा किस्मत–२ निर्माण हुन लागेको हो ।

नायिका रेखा थापासँग डिभोर्स भएपछि निर्माता छवि ओझाले रेखासँगको इगोका कारण नयाँ नायिकालाई आफ्नो ब्यानरबाट स्थापित गराउने अभियानमा लागेको जानकारहरू बताउँछन् । त्यसै क्रममा उनले चलचित्र लोफरमा रजनी केसीलाई लिएका थिए । अनुहारमा रेखाभन्दा क्युट भए पनि अभिनयमा कमजोर देखिएपछि छविले अर्को विकल्प खोज्दै चलचित्र लज्जाबाट शिल्पालाई लिएका थिए । म्युजिक भिडियोमा जमिसकेकी शिल्पाले अभिनय गरेको लज्जाले राम्रै व्यावसायिक फाइदा उठाएको थियो ।
यसपछि चलचित्र क्षेत्रमा शिल्पाले लज्जा रिलिज नहुँदै अर्को चलचित्र ‘हवल्दार सुन्तली’ मा समेत दोहोरिएकी थिइन् । हवल्दार सुन्तली पनि सफल भएपछि झनै खुसी भएका छवि शिल्पालाई लिएर फेरि किस्मत–२ बनाउने तर्खरमा छन् ।

प्रतिक्रिया