काठमाडौं, ६ साउन । बलिउड यसै पनि रंगीन दुनियाँ हो । यहाँका स्टारहरूको दिनचर्या पनि गसिब बन्दछन् । प्रायः हरेक साँझ पाटीको मस्तीमा झुम्छन् यहाँका स्टारहरू । त्यसैले त होला भारतमा सबैभन्दा बढी बिजुलीको महसुल तिर्नेको सूचीमा पनि बलिउड स्टारहरू नै अघि छन् ।
अभिनेता साहरूख खानले सबैभन्दा बढी बिजुलीको बिल तिर्ने गरेका छन् । उनले एक महिनामा ४३ लाख भारु बराबर बिजुलीको बिल तिर्ने गरेको खुलेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । ‘किङ खान’, ‘बादशाह’ र ‘डन’ जस्ता उपाधिपाएका साहरूख बलिउडका नम्बर एक नायकको सूचीमा रहेका अभिनेता पनि हुन् । उनको वाषिर्क आम्दानी दुई सय करोडभन्दा धेरै छ । त्यसैगरी, सलमान खानले आफ्नो घर ग्यालेक्सी अपार्टमेन्ट र उनको च्यारेटिवल संस्था ‘विइङ ह्युमन’को अफिसको गरेर करिब २९ लाख बराबरको बिजुलीको बिल तिर्ने गरेका छन् ।
अर्का अभिनेता आमिर खानले आफ्नो मुम्बईको बान्द्रास्थित घरका लागि ९ लाख र ‘आमिर खान फिल्म’ को अफिसका लागि १३ लाखको बिजुलीको बिल तिर्ने गरेका हुन् । अमिताभ बच्चनले आफ्नो मुम्बईस्थित जुहु हाउसमा महिनामा २२ लाख बराबरको बिजुलीको बिल तिर्ने गरेका छन् । सैफ अली खानले आफ्नो दिल्ली र मुम्बईको बंगालामा महिनामा करिब ३० लाख बराबरको बिजुली उपयोग गर्ने बताइएको छ ।
यस्तै, नायिका दीपिका पादुकोणले महिनामा १३ लाख बराबरको बिजुली उपयोग गर्ने गरेको बताएकी छन् । कट्रिना कैफले मुम्बईमा रहेको आफ्नो अपार्टमेन्टमा महिनामा १० लाख बराबरको बिजुलीको बिल तिर्ने गरेकी छिन् ।
प्रतिक्रिया