टर्कीमा आतङ्ककारी आक्रमणः २७ नागरिकको हत्या

Turkey-Bom-Blastअङ्कारा, ४ साउन । टर्कीको सीमा बजार सुरुकमा ‘आतङ्ककारी’ को आक्रमणबाट सोमबार कम्तिमा २७ नागरिकको मृत्यु भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

उक्त ठाउँ सिरिया र टर्कीको सिमानामा अवस्थित छ । स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे आक्रमण गरिएकोे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घटनापछि तत्काल गरिएको खोजीको क्रममा २७ को मृत्यु भएको छ र मृतकको सङ्ख्या अझै बढ्न सक्ने विज्ञप्तिमा भनिएको छ ।

सुरुकको उक्त घटनामा करिब सय नागरिक घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हामीले सबै नागरिकसँग यस आततायी घटनाको भत्र्सना गर्छौं । सम्पूर्ण देशवासी एक भई आङ्कवादसँग लड्न अनुरोध गर्छौं, टर्कीको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बेरुतबाट प्राप्त समाचारअनुसार टर्कीको उक्त घटनाको लगत्तै सिरियाली कुर्दिस सीमा बजारमा एक आत्मघाती कारबम आक्रमण भएको छ । घटनामा दुई कुर्दिस समर्थित नागरिकको मृत्यु पनि भएको छ ।

प्रतिक्रिया