सुझाव होइन संविधान : प्रियंका

Priyanka-Karki-folioकाठमाडौं, ५ साउन । देशभर नयाँ संविधानको मस्यौदामाथि छलफल तथा सुझाव संकलन गर्ने काम भइरहेका बेला नायिका प्रियंका कार्कीले भने सुझावभन्दा पनि संविधान जारी गर्नुपर्ने बताएकी छन् ।

आगामी संविधानमा के–कस्ता विषय राख्ने भन्ने विषयमा जिल्ला–जिल्ला गएका सुझाव संकलन टोलीले जनताको राय तथा सुझाव संकलन गरिरहेका बेला उनले भने सुझावको कुनै आवश्यकता नरहेको भन्दै तत्काल संविधान जारी गर्नुपर्ने बताएकी हुन् ।
एउटाले यो राखौँ र अर्कोले त्यो राखौँ भन्दा संविधान नै जारी नहोला भन्ने डर उनलाई लागेको छ । देश यति लामो समयसम्म संविधानबिना नै चलेको देखेर प्रियंकालाई अचम्म लाग्ने गरेको छ ।
उनले भनिन्, ‘संविधान नआएर होला यसको क्रेज नै अहिले मेरा लागि हराइसकेको छ । लामो समयसम्म आउँछ आउँछ भनेर नआउँदा क्रेज नै नहुने रहेछ ।’ उनलाई अझै पनि देशमा संविधान आउँछ भन्ने नै लाग्दैन । उनले भनिन्, ‘मैले बुझेअनुसार अहिलेको संविधानमा महिलाको अधिकार ०४७ सालको भन्दा पनि कम छ । यसैले महिलाको अधिकार र हकको विषयमा सुझाव दिन मन लागेको छ । तर, हरेकको सुझावले संविधान आउने वातावरण नै विथोलिन सक्छ ।’

प्रतिक्रिया