इमोर्टल लिएर आए अमर

amarकाठमाडौं । प्रवासमा रहेर गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका अमर राईले नयाँ गीतिसंग्रह ‘इमोर्टल’ बजार ल्याएका छन् । म्युजिक खबर डटकमबाट औपचारिक रूपमा सार्वजनिक गर्दै राईले इमोर्टलको सार्वजनिक गरेका हुन् ।

मलेसियामा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा लागि पर्ने गायक अमर राईले इमोर्टलमार्फत देशविदेशमा आफ्नो प्रतिभालाई प्रस्तुत गर्दै छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका अमर राई विगत लामोसमयदेखि गीतसंगीतमै क्रियाशील छन् । आफू प्रवासमा भए पनि मन त नेपाली गीतसंगीतमै डुलिरहेको छ, गायक राईले बताए । म जहाँ रहुँ नेपालीपन, नेपाली गीतसंगीतसँगै रहनेछ राईले बताए ।
इमोर्टलमा गायक राईको एकल स्वर रहेको छ भने एक गीतमा गायिका सुनीता पन्तले स्वरमा साथ दिएकी छिन् । इमोर्टलमा ओ प्रिय, आँखा तिम्रो, चन्चले नानीले, बोल्दिनौकी जस्तो, मेरो मनलगायत पाँच गीत समावेश गरिएको छ । जसमा मनिपाल राई, निम संगीत र सुमन राईको संगीत रहेको छ भने रमेश बानियाँ, अनुराग श्रेष्ठ, दिक्पाल राई, इन्द्रसुर बेल्टारेको शब्दरचना छ । एल्बमभित्रका गीतमा निम संगीत, विपिन आचार्य र सुमन राईको एरेन्ज रहेको छ । एल्बमका पाँच गीत नै गायक राईले मलेसियाकै स्टुडियोमा स्वर रेकर्ड गराएका हुन् भने अन्य काम ड्रिम्स स्टुडियो र एमबी म्युजिक रेकर्डिङमा गरिएको हो । गीतसंगीतलाई शुभकामना मिडिया सोलुसनले बजार प्रबद्र्धन गरेको हो । (सौस)

प्रतिक्रिया