प्यालेस्टाइनद्वारा रकेट आक्रमण

फाइल तस्बिर

फाइल तस्बिर

जेरुसेलम, ३१ असार । इजरायली सैनिकले गाजा पट्टि क्षेत्रमा बिहीबार बिहान सबेरै हवाई आक्रमण गरेको समाचार छ ।

दक्षिणी इजरायलको भूमिलाई लक्ष्यगरी प्यालेस्टाइनतर्फबाट गएराति रातभर गरिएको रकेट आक्रमणपछि सो आक्रमण भएको इजरायली सैनिक स्रोतले जानकारी दिएको छ ।

दक्षिणी इजरायलस्थित सर्वसाधारणलाई लक्ष्यगरी गाजा पट्टिबाट बुधबार राति रातभरि रकेट आक्रमण गरिएको र सो रकेट आकेलोन सहर नजिकैको भूमिमा खसेको बताइएको छ ।

यसबाट कोही पनि हताहत भने नभएको इजरायली सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

इजरायल हवाई बलका अनुसार इजरायलतर्फबाट गरिएको यो हवाई आक्रमण प्यालेस्टाइनको रकेट आक्रमणको प्रतिक्रिया मात्र हो ।

तर हमास सुरक्षाबलका अनुसार इजरायलले गरेको हवाई आक्रमणमध्ये गाजा पट्टिमा अवस्थित ‘इस्लामिक मोभमेन्टस् मिलिटरी विङ्ग’को ‘एल बुरेजी रेफ्युजी क्याप’ लाई लक्ष्यगरी गरिएको थियो ।

यस आक्रमणबाट पनि व्यक्तिहरु हताहत समाचार भने नभएको हमास सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया