नेदरल्यान्डलाई क्रिकेट शृंखला

Nepal-Vs-काठमाडौं, १९ असार । नेपाल बिहीबार राति नेदरल्यान्डसगँको टि–ट्वान्टी शृंखलाअन्तर्गत तेस्रो खेलमा पनि १८ रनले पराजित भयो । टि–ट्वान्टीको चार खेल शृंखलामा नेदरल्यान्डले ३–० को अग्रता कायम गर्दै सिरिज जितेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । उसका लागि स्टेफन माएबर्गले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ७१ रन जोडेका थिए । त्यस्तै, कप्तान पिटर बोरेनले(१९), बेस्ली बेरासीले (१४), राहिल अहमेदले १३ र टिम भान डेर गोक्तेनले (१२) रन बनाएका थिए । नेदरल्यान्डले ६.१ ओभरमा पहिलो विकेटको रूपमा राहिलाई गुमाएको थियो । दोस्रो विकेटका लागि नेदरल्यान्डले ९ रनको साझेदारी गरेको थियो ।
नेपालको बलिङतर्फ करण केसीले २ तथा वसन्त रेग्मी, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए । ४ ओभर बलिङ गरेका सागर पुनले सबैभन्दा किफायती बलिङ गर्दै २४ रन खर्चेका थिए । एक ओभर बलिङ गरेका पारस खड्काले ९ रन खर्चेका थिए । निर्धारित लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा १ सय ३३ रन मात्र जोडेको थियो । सिरिजमा नेपालका ब्याट्सम्यानले निकै फितलो ब्याटिङ गर्दै आइरहेका छन् । तेस्रो खेलमा कप्तान पारस खड्काले सर्वाधिक (३६),सरद भेषवाकरले (२४), प्रदीप ऐरीले (१८), उपकप्तान ज्ञानेन्द्र मल्लले (१७) र सुवास खकुरेलले (१४) रन जोडे ।
प्रतियोगितामा नेपालका ओपनरले राम्रो साझेदारी गर्न सकेका छैनन् । जसमा नेपालले १० रन जोड्दा पहिलो विकेटको रूपमा सागर पुनलाई गुमाएको थियो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ३२ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।
नेपालका लागि भेषवाकर र कप्तान खड्काले सर्वाधिक ४८ रनको साझेदारी गरेका थिए । १७.२ ओभरमा पाँचौँ विकेटको रूपमा भेषवाकर आउट हँुदा नेपालको स्कोर १ सय ७ रन थियो । सातौँ विकेटका रूपमा ब्याटिङ गर्न आएका ऐरीले ९ बलमा ३ चौका प्रहार गर्दै १८ रन जोडे पनि नेपालको जितका लागि पर्याप्त रहेन । नेदरल्यान्डको बलिङतर्फ अहसन मल्लिकले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, थिस्ज भान स्केल्भेन, पिटर सिलार र पिटर बोरेनले समान १–१ विकेट लिए ।

प्रतिक्रिया